निगमको लापरबाहीमा किन केही बोल्दैनन् मन्त्री अधिकारी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 13, 2018 | 01:11:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वायु सेवा निगमले पाइलटको कमी भएको भन्दै २ वटा उडान रद्द गरिसक्दा पनि संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले मुख खोलेका छैनन् । मंगलबार १ सय २० जना दोहा जाने र फर्किने २ सय १४ जनाको टिकट हुँदाहुँदैपनि निगमले जहाज उडाउन सकेन । यसको कारणमा निगमले पाइलटको अभावले गर्दा उडान भर्न नसकिएको बताएको छ । त्यसको भोलिपल्ट बुधबार १ सय ५१ जना काठमाडौंबाट दोहा जाने यात्रु र फर्किने ९३ यात्रु थिए । तर फेरि पनि निगमले पाइलट नभएको भन्दै उडान रोक्यो । 

पर्यटनमन्त्री अधिकारीले एअरपोर्ट सुधार गरेको दाबी गरेपनि भित्रको आन्तरिक भद्रगोल फेरी छरपस्ट हुन थालेको छ । निगमका दुईटा न्यूरोबडी विमानमध्ये सगरमाथा नामको जहाज गत बिहीबारदेखी ग्राउन्डेड छ । तर यस विषयमा मन्त्री अधिकारी अनविज्ञ जस्तो बन्नु आश्चर्यको विषय हो । 

दोहा नेपालको उल्लेख्य उडान हुने गन्तव्यमा पर्छ । तर सामान्य उद्घाटन, भेटघाट, बैठक लगायतका विषयमा निरन्तर अपडेट रहने मन्त्री अधिकारीले यस विषयमा न कतै लेखेका छन्, न कतै मुख नै खोलेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved