'न्याय दिन नसके २ छोरी सहित हामीलाई पनि मारिदेउ सरकार' निर्मलाका अभिभावक (भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 04:08:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय किशोरी निर्मला पन्तका अभिभावकले न्याय दिन नसके आफुहरुलाई पनि गोलि ठोकेर मारिदिन आग्रह गरेका छन् । न्याय खोज्दै राजधानी काठमाडौँ आएका उनीहरुले आज एक साक्षात्कार कार्यक्रममा रुँदै न्याय नदिने भए २ सन्तान सहित आफुहरुलाई मारिदिन सरकारलाई आग्रह गरेका हुन।   

'सके न्याय देउ, न्याय दिन सक्दैन भने हामीलाई पनि मारी देउ' साक्षात्कार कार्यक्रममा रुदै निर्मलाका आमा बुवाले भने । घटनाक्रम सुनाउदै भक्कानिएका निर्मलाकी बुबाले आफुहरुले संचारमाध्यमको साथ चाहेको भन्दै न्याय दिलाई दिन आग्रह गरे। आफुहरु सरकारबाटै असुरक्षित भएको भन्दै उनले पनि न्याय दिलाउन नसके आफुहरु पनि मर्न तयार भएको बताए।

काठमाडौंबाट गएका बुद्धिजीवीले आश्वासन मात्र दिएको भन्दै निर्मलाकि आमाले रास्ट्रपति पनि आमा भएकोले उनले आफ्नै सन्तान सम्झी न्याय दिन पर्ने बताइन। 'मेरो छोरी माथि भएको कुरा उनको (राष्ट्रपति) को छोरीलाई भएको भए के हुन्थ्यो ? के यस्तै हुन्थ्यो ?' उनले भनिन, 'सके न्याय देउ, नसक्ने भए सकिन माफ दिनु भने हुन्थ्यो सरकारले'।

निर्मलाको बुवा एक्यराज पन्तले आफुहरुलाई प्रहरीले असहयोग गरेको बताए। 'प्रहरी साथि हो भन्छन तर हामीलाई दुश्मन को व्यवहार गरे' उनले रुदै भने, 'प्रहरीले त दुख दियो, प्रधानमन्त्रीले पनि हामीलाई तबला बनाए, न्याय नदिने हो भने हाम्रा २ छोरी सहित हामीलाई गोलि ठोकेर मारिदेउ।'   

साथीको घरमा पढ्न गएका निर्मलाको शब उखुबारीमा फेला परेको थियो। घटनाको मुख्य आरोपित भनेर प्रहरीले स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरिएको थियो तर स्थानीयले बिष्ट आरोपित हुने नसक्ने भन्दै आन्दोलन गरेका थिए । आन्दोलनका क्रममा एक जना बालकले ज्यान गुमाए भने केही अझै घाइते अबस्थामा छन् ।

घटनाको छानविन गर्न सरकारले उच्चस्तरीय छानबिन समिति पनि गठन गरेको छ। तर बिरेन्द्र बहादुर केसी लगायतका समितिका सदस्यले अहिलेसम्म कुनै ठोस काम गर्न सकेको छैन।  समितिको पुन: १५ दिन म्याद थप गरिएको छ ।  

यसै क्रममा मुख्य आरोपित भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टको डीएनए टेस्ट फेल भएपछि उनलाई मंगलबार रिहा गरिएको छ । मंगलबार नै निर्मला पढ्न गएको घरका बम दिदिबहिनि रोशनी र बबितालाई पनि प्रहरीले छाडेको छ । 

अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै सरकारले एसपी डिल्लीराज विष्टलाई निलम्बन गरेको छ। स्थानीयले भने एसपी बिस्टकै डीएनए चेक गर्नुपर्ने बताउदै आएका छन।  

सबिन धमलाको फेसबुक पेजबाट 

निर्मला हत्या प्रकरणमा यसरी यु टर्न भए छानविन समितिका केसी (भिडियोसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved