प्रचण्डलाई रिझाउन बिश्वबिद्यालयको जग्गा धुर्मुस सुन्तली फाउन्डेसनलाई

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 05:19:44 PM मा प्रकाशित

laxmi  sunrise bank

धुर्मुस सुन्तली फाउन्डेसनलाई अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउन दिने भनिएको जग्गा विवादमा तानिएको छ।  भरतपुर महानगरले क्रिकेट मैदान बनाउन दिने भनेको जग्गा एक बिश्वबिद्यालयको नाममा रहेकाले बिबाद उत्पन्न भएको हो।

कृषि बन बिज्ञान विश्व बिद्यालयका प्राध्यापकहरुले अनुसन्धानका लागि छुट्याइएको जग्गा क्रिकेट मैदान बनाउन लागिएकोमा आपत्ति जनाउदै आएका छन। प्राध्यापकहरुले भैसी अनुसन्धानको लागि छुट्याईएको बैज्ञानिक अनुसन्धानको जग्गा खेलकुदको लागि दिनु प्राज्ञिक मर्म बिपरित भएको भन्दै बिरोध गरेका छन। 

तर सरकारले भने प्राध्यापकहरुको मागलाई बेवास्ता गर्दै सिधै कार्यकारी परिषदबाट निर्णय गराई उक्त जग्ग्गा फाउन्डेसनलाई दिने तयारि थालेको छ। भदौ २८ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कृषि बन बिज्ञान विश्व बिद्यालय रामपुर, चितवनको बिश्वबिधालय सभाको बैठकमा उक्त जग्गा फाउन्डेसनलाई दिने प्रस्ताब लगिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकले सो प्रस्ताब पारित गर्ने जनाइएको छ। 

विश्वविद्यालयका पदाधिकारीहरुले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई रिझाएर आफू राजदुत हुने खेलमा लागेकाले त्यहाँका पदाधिकारीले मर्म बिपरित फाउन्डेसनलाई २० बिगा जग्गा दिन लागेको आरोप लगाएका छन। महानगर प्रमुख रेणु दाहालले भरतपुर महानगरले जग्गा उपलब्ध गराउने घोषणा गरेकी थिइन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved