23 Sep, 2018 | ७ आश्विन २०७५ | आइतवार




Bizpati Reporter

Follow us on

काठमाडौँमा प्रति घण्टा सय किमी दौडने मोनोरेल, एकपटकमा २० हजार यात्रु बोक्ने

३ बर्षमा निर्माण सम्पन्न सम्भव

Posted on:September 13, 2018

citizen bank

चीनको निर्माण कम्पनी  चाइना रेलवे कन्सट्रक्सन कर्पोरेसन (सिआरसिसी) काठमाडौं उपत्यकामा तीन वर्षभित्र मोनोरेल सञ्चालन गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको छ ।  र्ल्को लागि प्रारम्भिक अध्ययन गर्ने जिम्मा पाएको कम्पनीले काठमाडौं र ललितपुर महानगरपालिकालार्इ एक  अध्ययन प्रतिवेदन बुझाएको हो ।

कम्पनीले ३ महिना लगाएर गरेको अध्ययन प्रतिवेदनमा चक्रपथमा वातावरणीय,प्राविधिक,आर्थिक  र भौगोलिक सबै हिसावले मनोरेल सम्भव देखाएको उल्लेख छ । रेल निर्माण ३ बर्षमा सकिने र त्यसको लागि  १ खर्ब १६ अर्ब रुपैयाँ हुने बताईएको छ । 

चक्रपथको सडकमाथिको कुल २७.५ किलो मिटरमा २१ स्थानमा यात्रु चढाउने, ओराल्ने स्टेशन रहने गरी मोनोरेल सञ्चालन हुने छ ।  जसलाई कोटेश्वर–कलङ्की, कलङ्की–महाराजगञ्ज, महाराजगञ्ज–कोटेश्वर गरी तीन खण्डमा निर्माण गरिने छ । प्रतिवेदनमा  ८० देखि १०० किमी प्रतिघण्टा दौडने इलेक्ट्रिक मोनोरेल निर्माण गरिने र यसले  एकपटकमा १५ देखि २० हजारसम्म मान्छेहरु वोक्ने उल्लेख छ।

अब दुवै महानगरले प्रारम्भिक अध्ययन प्रतिवेदनमाथि बिज्ञहरुसंग छलफल गरी एक महिना भित्र  मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन स्वीकृति दिने तयारी गरेको छ । 

Share your thoughts!

Loading...

Trending