भृकुटीमण्डपमा 'वेभरेज एण्ड हस्पिटालिटी' मेला, २०० कम्पनीले खाना चखाउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 13, 2018 | 06:43:52 PM मा प्रकाशित

laxmi  sunrise bank

के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी असोज १३ गतेदेखि १५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । 

हाउस अफ राजकर्णिकार समूहको आयोजनामा ‘रुस्लान वेभरेज एण्ड हस्पिटालिटी’ नाम दिइएको सो प्रदर्शनी हुन लागेको हो । होटल तथा रेष्टुराँ व्यवसायी, सुपर मार्केट, क्लब तथा बारका सञ्चालक, सेफले कार्यक्रमस्थलमा दर्शकको चाहनाअनुसारको खाने कुरा उत्पादन गरी सेवा दिने छन् । 

आयोजक संस्थाका संयोजक वीरेन्द्र राजभण्डारीले उक्त कार्यक्रममा एक हजार ८२० वर्ग मिटरमा विभिन्न २०० कम्पनीले पाँच हजार जति सामग्री तथा सेवा उपलब्ध गराइने जानकारी दिए  । कार्यक्रममा कुन कम्पनीले उपभोक्तालाई के कस्तो सत्कार तथा खानपिनको व्यवस्था उपलब्ध गराइएको छ भन्नेबारे जाँच गर्न विज्ञको टोलीले निर्णय गरी उत्कृष्टलाई पुरस्कृत गर्ने छ । उक्त कार्यक्रममा चितवन, लुम्बिनी, पोखरा, धुलिखेल, नगरकोट ठमेललगायतका पर्यटकीयस्थलमा रहेका विदेशी पाहुनालाई समेत सहभागी गराइने आयोजकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved