सरकारलाई प्रश्न 'बिरोध गर्दा कालोझण्डा नदेखाए भाला र बन्दुक देखाउनु पर्ने हो ? '

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 12:22:29 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी (राजपा)ले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा अबरोध गरेको छ । बैठक सुरु हुना साथ राजपाका सांसदहरुले उठेर बिरोध जनाएका हुन् । त्यसपछि सभामुखले समय दिएपछि बोल्दै राजपा सांसद लक्ष्मणलाल कर्णले आफ्नो भनाई राखेका थिए ।

राजपाको तर्फबाट बोल्दै कर्णले प्रहरी हिरासतमा मृत्यु भएका भनिएका राममनोहर यादवबारे सरकारको जवाफ माग गरेका छन्। साथै कर्णले घटनाबारे अध्ययन गर्न संसदले सर्वदलीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन्।

उनले उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झण्डा देखाउने क्रममा यादव पक्राउ परेको र प्रहरीको यातनाका कारण मृत्यु भएको दाबी गरे । उनले प्रश्न गरे, प्रहरी हिरासतमै मान्छे मर्छ भने कसले सुरक्षा गर्छ ?’ उनले प्रहरीको हिरासतमा कसरि मानिसको मृत्यु हुन्छ भन्ने बिषयमा छानविन गर्न सर्वदलीय समिति गठन गर्न पनि माग गरेका छन् ।

साथै उनले कालो झन्डा देखाएर बिरोध गर्न पाउने अधिकार राज्यले कुण्ठित गरेको बताउदै कालो झन्डाको ठाउँमा लट्ठी, भाला वा बन्दुक देखाएर बिरोध प्रदर्शन गर्नु पर्ने हो भन्दै प्रश्न गरेका थिए । 

कर्णको जवाफ दिदै गृहमन्त्री राम बहादुर थापा बादलले राममनोहर यादवको मृत्यु हिरासतमा नभएको स्पष्ट पारेका थिए । मन्त्री थापाले यादव हिरासतमा रहंदा बिरामी भएको र उपचारको लागि अस्पताल लागिएकोमा उपचार कै क्रममा मृत्यु भएको बताएका हुन् । पोस्ट मार्टम रिपोर्टले कुनै यातना वा चोटपटकबाट उनको मृत्यु भएको नभई रोगको कारण मृत्यु भएको देखाएको गृहमन्त्रीले सदनलाई जानकारी गराए ।  

साथै उनले कालो झन्डा देखाएकोमा पक्राउ गरेको नभई नेपालको अखण्डताको बिरोध गरेकोले पक्राउ गरेको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved