विदेशमा उपचार गरे सरकारले खर्च नदिने बिधेयक पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 03:20:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अब विदेशमा गएर उपचार गराउनेलाई सरकारले खर्च नदिने भएको छ  ।  नेताहरु र विशिष्ट व्यक्तिहरुले हाल विदेशमा उपचार गराउंदा राज्यले सहयोग गर्दै आएको थियो  । तर प्रतिनिधि सभाले विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने गरी बिधेयक पारित गरेको हो । शुक्रबारको प्रतिनिधि सभा बैठकले  पारित गरेको जनस्वास्थ्य बिधेयकमा यस्तो प्रावधान राखिएको हो  । 

संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने उल्लेख गरी परिमार्जित बिधेयक तयार गरेको थियो । परिमार्जित बिधेयकमा  ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भएता पनि कुनै ब्यक्तिलाई विदेशमा उपचार गर्नु पर्ने भएमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन।’ भन्ने दफा थपिएको थियो । थपिएका संशोधनलाई स्वीकृत गर्दै विधयेक पारित भएको हो  । यस संगै विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न  छैन । 

त्यस्तै सरकारी अस्पताल र स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी वा कर्मचारीले सरकारले तोकेको समयमा अन्यत्र काम गर्न नपाउने ब्यवस्था पनि बिधेयकले गरेको छ ।बिधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागु हुनेछ  ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved