सर्वोच्चको आदेश मिच्दै प्रकाण्ड 'चौथो पटक' पक्राउ (भिडियो)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 14, 2018 | 09:44:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रबिक्रम चन्द विप्लब नेतृत्त्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा फेरी पक्राउ परेका छन। सर्वोच्च अदालतले रिहाई गर्न आदेश दिएपछी अदालतबाट बाहिर निस्कने क्रममा उनि फेरी पक्राउ परेका हुन। 

गत असारमा चन्दा उठाएको आरोपमा काठमाडौंको दक्षिणकालीबाट पक्राउ परेका प्रकाण्ड पटक पटक बन्दी प्रत्यक्षीकरण रिटमार्फत छुटे पनि प्रहरीले अर्को अभियोगमा अनुसन्धान गर्ने भन्दै पक्राउ गर्दै आएको छ। 

अदालतले चौथो पटक प्रकाण्डलाई बिनासर्त रिहा गर्न आदेश सुनाएपनि उनलाई थप अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले पक्राउ गर्दै आएको छ। पछिल्लो पटक सरकार र अदालतबीच लुकामारी चलिरहेको छ। 

पक्राउ परेलगत्तै विप्लब नेतृत्त्वको नेकपाक नेता तथा कार्यकर्ताले प्रकाण्डलाई रिहा गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गर्ने र सर्वोच्चले रिहा गर्ने आदेश दिने गरेको छ। अदालतले रिहाई गर्न आदेश दिने र प्रहरीले अदालत परिसरबाहिर प्रकाण्डलाई पक्राउ गर्ने मुसा बिरालोको खेल जारि छ।    

हालसम्म प्रकाण्डलाई काठमाडौं, काभ्रे,नुवाकोट र दाङमा विभिन्न अभियोगमा म्याद थप गर्दै थुनामा राख्दै आइएको छ। म्यादी प्रहरीको ज्यान मारेको अभियोगदेखि क्रसर उद्योगमा आगजनी गरेको र चन्दा असुली गर्दै लुटपाट मच्चाएको सम्मको आरोप उनीमाथि छ।

फाइल तस्विर


भिडियो: राजेन्द्र चिमोरियाको फेसबुक पेजबाट 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved