शुक्रबार रातिदेखि थुनिएको बडिगाड खोलामा पानी बग्न थाल्यो, खतरा टर्दै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 11:49:28 AM मा प्रकाशित

laxmi  sunrise bank

बाग्लुङ्गको ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा शुक्रबार रातिदेखि थुनिएको बडिगाड खोलामा पाँच घण्टापछि पानी बग्न थालेको छ। 

थुनिएको  खोलाको सतहमाथिबाट बिस्तारै पानी बग्न थालेको हुँदा त्यहाँको अवस्था अहिले खतरामुक्त रहेको घटनास्थलवाट बाग्लुङ्गका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बताए। 

ढोरपाटन नगरपालिका –१, र बडिगाड गाउँपालिका –७, अन्तर्गत भर्याङ क्षेत्रमा माथिबाट सुख्खा पहिरो खसेपछि शुक्रबार रातिदेखि खोला थुनिएको थियो । प्रमुख जिल्ला अधिकारीका अनुसार ताल नफुटे पनि ताल माथिबाट अहिले पानी जान थालेको हुँदा थुनिएको खोलामा ५० प्रतिशत पानी बग्न सुरु गरेको कारण उक्त क्षेत्रको अवस्थाखतरामुक्त रहेको छ। 

खोला थुनिएपछि ढोरपाटन नगरपालिका –२, सिमलचौर क्षेत्रका केही घरहरु डुवानमा परेका छन् । पहाड माथिबाट खसेको ठूला–ठूला चट्टानका कारण खोला थुनिएपछि बडिगाड छेउछाउमा रहेका बाग्लुङ्ग र गुल्मीका नागरिक रातभर जाग्राम बसेका थिए । उनीहरु थुनिएको खोलाको ताल कुनै पनि बेला फुट्न सक्ने खतराबाट अझै पनि निकै त्रसित छन्।

घटनाको जानकारी पाएपछि राति नै बाग्लुङ्गबाट प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरीसहितको टोली राति नै सदरमुकामबाट घटनास्थलतर्फ गएका थिए।

बडिगाड खोला थुनिएपछि मध्य पहाडी लोकमार्ग समेत बन्द भएको छ । बडिगाड थुनिएको स्थान बाग्लुङ्ग सदरमुकामबाट ८५ किलोमिटर उत्तर पश्चिम र गुल्मी सदरमुकामबाट ४५ किलोमिटरको  दूरीमा पर्दछ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved