नेकपा नेता कार्यकर्तालाई ओलीको निर्देशन- प्रतिक्रियावादीविरूद्ध अरिंगाल जसरी हमला गर्नुस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 03:38:15 PM मा प्रकाशित

laxmi  sunrise bank
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताकार्यकर्तालाई प्रतिक्रियावादीबिरुद्द एकजुट भएर लाग्नुपर्ने बताएका छन। 

प्रधानमन्त्री ओलीले पार्टीका नेता/कार्यकर्तालाई 'अरिंगालको जति बुद्धि छ कि छैन' भन्ने प्रश्न गर्दै प्रतिक्रियावादीका हमलालाई एकताबद्ध भएर जवाफ दिनुपर्ने बताए। 
    
देशी/विदेशी प्रतिक्रियावादीहरूले पार्टी र सरकारविरुद्ध हमला गरेको उल्लेख गर्दै 'एउटा अरिंगाललाई चलाउनुभयो भने सिंगै गोलो खनिन्छ, तर हामीसँग अरिंगालको गोलो जति पनि बुद्धि छ कि छैन, त्यो हामीले हेर्नुपर्छ' तत्कालीन माओवादीका नेता स्व.पोस्टबहादुर बोगटीको चौथो स्मृति दिवसमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रश्न गरे 'एउटा अरिंगाल मार्‍यो भने त्यसलाई मार्‍यो ठीकै छ नि! अर्कोलाई हमला गर्‍यो, ठीकै छ भन्ने गर्छौं कि एकजुट भएर लाग्छौं?'

प्रतिक्रियावादीका हमलालाई नेता कार्यकर्ताले जवाफ नदिएको प्रति असन्तुष्टि पोख्दै प्रधानमन्त्री ओलीले भने, ''केही कुरामा चित्त बुझेन भने प्रतिक्रियावादीका हमलालाई जवाफ दिँदैनौं, प्रतिक्रियावादीले हमला गर्‍यो भने यसो हेर्यो प्रचण्डलाई हमला गरेको रहेछ ठीकै भएछ, म मुस्कुराउँछु', ओलीले थपे, 'अनि मलाई हमला गरेको बेला (अध्यक्ष प्रचणडतिर हेर्दै) केपी ओलीलाई हमला गरेको रहेछ ठीकै छ भनेर मुस्कुराइन्छ, यस्तो गर्दै गयौं भने प्रतिक्रियावादी हतोत्साही हुने होइन उत्साहित हुन्छन्।'

जनतामा हतोत्साह र निराशा पैदा हुने भएकोले एकजुट भएर अघि बढ्न उनले आग्रह गरे। जनताको विश्वास, एकता र मनोबल बढाउने गरी काम गर्नुपर्ने उनले बताए। पार्टी एकताको विरूद्धमा भित्रभित्रै चलखेल गर्नेको विरोध र आलोचना गर्नुपर्ने उनले बताए।

'हामी कमीकमजोरीबाट मुक्त छैनौं, हाम्रा पनि कमीकमजोरी होलान्', प्रधानमन्त्री ओलीले भने, 'जनतालाई अलमलबाट बाहिर निकाल्न समय लाग्यो, बल्ल अलमलको दलदलबाट जनतालाई बाहिर निकाल्यौं।'

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सकरात्मक र रचनात्मक ढंगले अघि बढ्नुपर्ने बताए। 'जनअपेक्षाअनुसार काम गर्नका लागि आफूलाई प्रतिबद्ध गर्नु नै कमरेड पोस्टबहादुर बोगटीप्रति सच्चा श्रद्धाञ्जली हुन्छ', प्रचण्डले भने।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved