संसदमा गगनको प्रश्न- सोंच र क्षमतामै वादल लागेको गृहमन्त्री वादल हामीलाई चाहिन्छ र ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 05:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा 'बादल' को सोच र क्षमतामाथि प्रश्न उठाएका छन। प्रतिनिधिसभा संसदको शनिबारको बैठकमा बोल्दै थापाले मन्त्री थापाको सोच र क्षमतामा 'बादल' लागेको बताएका छन। 

थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्याको घटनामा संलग्न अपराधीलाई पक्राउ गर्नुको साटो आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा 'ग्लानी बोध नहुने गृहमन्त्रीको बादलको क्षमता र सोचमै बादल लागेको' आरोप लगाए।

'ठुलो माछा पक्रन सक्नुभएन हामि बोलेनौं, कामचोर व्यवसायीलाई कानुन नबनाई पक्राउ गर्नुभयो छोड्नुभयो हामि बोलेनौं, डाक्टर भोजराजलाई समाज सेन्टरबाट उठाउनु भयो हामि बोलेनौं, बिष्टलाई विमानस्थलमा रोक्नु भयो, पत्रकार शम्भू श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनु भयो हामी बोलेनौ, हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छेत ठिकै हो क्षमतामा केहि बादल लागेको मात्र हो, हिजो हामि जब बोल्यौं, मन्त्रीज्यु पनि बोल्नुभयो अनि थाहा पायौं' थापाले संसदमा प्रश्न गरे 'युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने गरी आफ्नै हिरासतमा राममनोहर यादव मारिँदा अनि निर्मला पन्तमाथि जघन्य अपराध गर्ने पापीहरूलाई आफ्नै संयन्त्रहरू जोगाउन लागिरहँदा ग्लानी बोध नभएको गृहमन्त्रीको क्षमतामा मात्र होइन रहेछ बादल लागेको बादल त गृहमन्त्रीजीको सोचमै लागेको रहेछ। सोच र क्षमता दुवै बादल लागेको गृहमन्त्री बादल हामीलाई चाहिन्छ र ?'।


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved