निर्मला हत्या प्रकरण : २ डीएसपीसहित पाँच प्रहरी निलम्बित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 15, 2018 | 09:41:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बलात्कारपछि हत्या गरिएकी १३ बर्षीय निर्मला पन्तको हत्या अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का दुई डीएसपीसहित पाँचजना निलम्बनमा परेका छन्। पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको गृहमन्त्रालयद्वारा बिज्ञप्तीमा जनाइएको छ। 

गृहमन्त्रालयले प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी नायव उपरीक्षक अंगुर जिसी, प्रहरी निरीक्षक जगदिश भट्ट, प्रहरी निरीक्षक एकेन्द्र खड्का र प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गर्न गृहमन्त्रालयले निर्देशन दिएको हो ।

बालिका हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयलेसहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले प्रतिवेदन बुझाएको आधारमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारीलाई निलम्बन गरिएको हो। 

समितिले गृहमन्त्री रामबहादुर थापालाई शनिबार प्रतिवेदन बुझाएको हो। प्रतिवेदनले बालिका हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारीपूर्वक गर्न नसकेका सुरक्षाकर्मीलाई अनुसन्धानको दायरमा ल्याउन सिफारिस गरेको छ । सोही सिफारिसका आधारमा प्रहरी अधिकारीलाई निलम्बन गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved