निर्मला हत्या प्रकरण : डीआईजी धीरु बस्न्यातको नेतृत्वमा ‘शक्तिशाली’ छानबिन समिति

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 03:34:25 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटना छानबिन गर्न प्रहरीले डीआईजी धीरु बस्न्यात नेतृत्वको समिति गठन गरेको छ । प्रहरीले एआइजीको लागी सिफारिस भएका बस्न्यातको नेतृत्वमा ‘शक्तिशाली’ समिति गठन गरेको हो । 

यसअघि भदौ १४ मा गठित एसएसपी उत्तम सुवेदी नेतृत्वको समितिलाई विस्तार गर्दै प्रहरी मुख्यालयल डीआईजी बस्न्यातलाई घटना छानविनको जिम्मा दिएको हो । समितिका संयोजक एसएसपी उत्तम सुवेदी र अर्का एसएसपी नरेश शाही सदस्य रहेका छन् । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले यो समितिमा सीबीआर र पोलिग्राफ टेस्ट गर्न सक्ने विज्ञ प्रहरी अधिकृत पनि सदस्य छन् । 

प्रवक्ता थापाले पहिले एकजना एसपी मात्रै निलम्बनमा परेको तर दुई डीएसपीसहित अन्य पाँचजना अधिकृत पनि निलम्बनमा परेपछि प्रभावकारी छानबिन गर्न नयाँ समिति बनाईएको बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved