निर्मला हत्या प्रकरणको छानविन गर्ने जिम्मा पाएका डीआईजी धीरु बस्न्यात यसो भन्छन् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 04:03:36 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या घटना छानबिन गर्न प्रहरीले पुनः अर्को समिति गठन गरेको छ । आइतबार डिआइजी धिरु बस्नेताको नेतृत्वमा थप चार सदस्य छानविन समिति गठन गरेको हो । 

सरकारले भदौ ७ मा कारागार व्यवस्थापन विभागका महानिर्देशक सह–सचिव हरि मैनालीको नेतृत्वमा पाँच सदस्य छानविन समिति गठन गरेको थियो । समितिले शनिवार गृहमन्त्री रामबहादुर थापालाई प्रारम्भिक अनुसन्धान प्रतिवेदन बुझाएको छ । गत भदौ १४ गते एसएसपीको नेतृत्वमा गठन भएको समितिलाई डिआइजीको नेतृत्वमा रुपान्तरण गरिएको हो । 

जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टको अनुसन्धानमा शङ्का पैदा भएपछि गृह मन्त्रालयले नयाँ एसपी पठाएर अनुसन्धान सुरु गर्न निर्देशन दिएको थियो । एसपी बिष्टको अनुसन्धानमा कमजोरी देखिएकाले उनलाई भदौ ९ गते निलम्बित गरिएको थियो । शनिवार गृह मन्त्रालयले दुई डिएसपी सहित पाँच जनालाई निलनम्वन गरेको छ । निलम्वनमा पर्नेहरुमा डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी रहेका छन् । समितिले घटनामा संलग्न सबै प्रहरीको अनुसन्धान गर्ने छ । 

के भन्छन् डिआइजी बस्नेत ?

डिआइजी धिरु बस्नेत आफूले परिणाम देखिने गरी काम गर्ने बताउँछन् । उनले संगठनले आफूलाई विश्वास गरेर जिम्मेवारी दिएको भन्दै विश्वासमा आँच आउने काम नगर्ने पनि बताए । विजपाटीसँग कुरा गर्दै उनले बस्तुपरक र तथ्यपरक अनुसन्धान गरेर आफ्नो टिमले काम गर्ने बताए । उनले हचुवाको भरमा नभई परिपक्व हिसाबले काम गर्ने पनि बताए । 

घटना संलग्न सबै प्रहरी माथि अनुसन्धान  

निर्मला पन्तको घटनामा संलग्न सबै प्रहरीलाई काठमाडौं झिकाइएको छ । उनीहरुमाथि प्रहरी प्रधान कार्यालयमा अनुसन्धान शुरु गरिसकेको छ । घटनामा कसको के भूमिका रह्यो ? कुन प्रहरीमा कस्तो कमजोरी देखियो ? भन्ने विषयमा अनुसन्धान हुने बताईएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेष थापाले संलग्न प्रहरीलाई काठमाडौँ झिकाएर अनुसन्धान थालिएको जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved