निर्मला हत्या प्रकरण : प्रहरी निलम्बनमा गृहमन्त्री र आईजीपीबीच नै टकराव

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 16, 2018 | 05:25:15 PM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धानमा खटिएका ५ प्रहरी निलम्बनमा गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबीच टकराव देखिएको छ । 

प्रहरी निलम्बनमा गृहमन्त्रीले एकलौटी निर्णय गरेको खनालको भनाई छ । उनले अनुसन्धानमा खटिएका प्रहरीलाई नै निलम्बन गर्दा संगठनभित्र राम्रो सन्देश जाँदैन भन्ने धारणा राखेका थिए । तर, गृहमन्त्रीले थापाले आईजीपीको असन्तुष्टि रहँदा रहँदै पनि पाँच प्रहरीलाई निलम्बन गरेका थिए । गृहका सह–सचिव हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिले पेश गरेको प्रारम्भिक प्रतिवेदनका आधारमा उनीहरुलाई निलम्बन गरिएको गृहमन्त्रालयका सह–सचिव रामकृष्ण सुवेदीले जनाए ।  

निलम्बित हुनेहरुमा डीएसपीद्वय अंगुर जीसी, ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, जगदीश भट्ट र असई रामसिंह धामी छन् । एसपी डिल्लीराज विष्ट यसअघि नै निलम्बनमा परिसकेका छन् ।

आईजीपी खनालले अनुसन्धानका क्रममा आशंकित प्रहरीहरु दोषी ठहर भए बर्खास्तीकै लागि आफू तयार भएको तर निलम्बन गर्दा संगठनकै गरिमामा आँच आउने बताएका थिए । 

गृहमन्त्री थापा र प्रहरी महानिरीक्षक खनालबीच विभिन्न चरणमा छलफलहरु भएका छन । अधिकारकर्मी, राजनीतिक दल, स्थानीय जनप्रतिनिधिसहित विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र गृहका अधिकारीबीच पनि पटकपटक छलफल भएको थियो । 

अनुसन्धानमा खटिएका प्रहरीलाई निलम्बन गरेर फरक धारबाट अनुसन्धान थाल्ने मन्त्रीको तयारीले निश्कर्षमा नपुगिने आएजीपी खनालको अडान थियो । उनले अनुसन्धानमा खटिएकै प्रहरीलाई निलम्बन गर्दा अन्य अनुसन्धानकर्मी प्रहरीको मनोबल गिर्ने र अनुसन्धान प्रक्रिया प्रभावित हुने खनालले राय प्रकट गरेका थिए ।

शनिबार साँझसम्म पनि प्रहरीलाई निलम्बन गर्ने कुरामा महानिरीक्षक खनाल सहमत नभएपछि साँझ उनलाई पुनः गृहमन्त्रीसँग कुरा गर्न बोलाइयो, उनी गए । तर, खनाल पुग्नु अगावै गृहले निलम्बनमा परेका प्रहरकिो सूची तयार पारिसकेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved