सरकारले लगायो चिनी आयातमा कोटा, किसानलाई ६५ रुपैयाँ नगद अनुदान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 16, 2018 | 11:47:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले चिनी आयातमा कोटा निर्धारण गरेको छ। सस्तो बिदेशी चिनीले नेपालमा बजार पाउँदा यहाँकै उत्पादन बिक्रि हुन नसकेपछी सरकारले २०७५ सम्म १ लाख टन मात्र चिनी आयात गर्न दिने निर्णय गरेको हो।

भदौ ३१ गते साँझ बसेको मन्त्रिपरिषद्को बैठकले चिनी आयातमा कोटा लगाएसंगै चिनी आयातकर्ताले चैत मसान्तसम्ममा १ लाख टन चिनी मात्र आयात गर्न पाउनेछन।   

पाकिस्तानबाट भित्रिएको सस्तो चिनी र खुला सिमानाबाट गैरकानुनी ढंगले भित्रिएका ३० देखि ४० हजार मेट्रिक टन चिनीले नेपाली बजार लिएपछी नेपालमा यो बर्ष उत्पादन भएको कुल १ लाख ८० हजार टन चिनी मध्ये ४०,००० टन मात्र बिक्रि भएको थियो। नेपालमा चिनीको माग २ लाख ५० हजार मेट्रिक टन रहेको छ।    

आफ्नै उत्पादन बिक्रि नभएपछी केहि दिन अगाडी मात्र प्रधानमन्त्री केपी शर्मा ओली र चिनी उद्योगी तथा किसानबीच भएको छलफलमा प्रधानमन्त्री ओलीले चिनी आयात रोक्ने घोषणा गरेका थिए। 

बिजपाटी डटकमसंगको एक अन्तवार्तामा नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवालले "चिनी आयातमा पूर्ण प्रतिबन्ध लगाउनुपर्छ" भन्ने बिचार व्यक्त गरेका थिए। 

उखु किसानलाई अनुदान 

त्यस्तै सरकारले उखु किसानलाई नगद अनुदान दिने निर्णय गरेको छ। उखु किसानले प्रति क्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान पाउनेछन। यसबाट चिनी बिक्रि नभएर भुक्तानी नपाएका उखु किसानहरुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved