दशैंमा घर जाने तयारीमा हुनुहुन्छ ? अग्रिम टिकट बुकिङ गर्नुहोस्

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 17, 2018 | 11:31:27 AM मा प्रकाशित

laxmi  sunrise bank

असोज ५ देखि दशैंको अग्रिम टिकट बुकिङ खुल्ला हुने भएको छ । सरकार  र यातायात व्यवसायीबीच अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति भएको हो । दशैमा घर जाने यात्रुका लागी काठमाडौँबा बाहिरिन सहज होस् भन्नका लागी असोज ५ बाट अग्रिम टिकट बुकिङ काउन्टरहरु विस्तार गर्दै जाने सहमति भएको छ ।

यातायात व्यवसायीले भाडा दरको जिम्मेवारी सरकारलाई नै सुम्पेका छन् । यातायत व्यवस्था विभागका कामु महानिर्देशक प्रेम कुमार सिंहले भाडादर समायोजनका विषयमा विभागले काम गरिरहेको बताएका छन् । व्यवसायीले यसअघि देखी नै भाडा बढाउन माग गर्दै आएका छन् । तर सिंहले भाडा समायोजन नभएसम्म अहिलेकै दरमा टिकट बुकिङ हुने बताएका छन् । 

सिंहले ५ गतेभन्दा पछाडी भाडादर समायोजन भएर बढ्यो भने त्योभन्दा अगाडी नै टिकट बुकिङ गरेकाहरुको हकमा के हुने भन्ने विषयमा केही बोल्न चाहेनन् । यसविषयमा अध्ययन गरेपछि मात्रै बोल्न सकिने उनले बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved