'अब मुलुकमा विज्ञान प्रविधिको क्रान्ति'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 07:52:28 AM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिका क्षेत्रमा क्रान्ति गर्न खाँचो रहेको बताएका छन् । छैटौँ विज्ञान दिवसका अवसरमा मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले भने, “राजनीतिक क्रान्ति सकिएको छ, अब मुलुकमा विज्ञान प्रविधिको क्रान्ति हुनुपर्छ ।” 


मन्त्री पोखरेलले विद्यालय तहबाट नै प्राविधिक शिक्षा लागू हुनुपर्नेमा जोड दिदैं कक्षा १२ सम्म जीवनउपयोगी शिक्षा अनिवार्य गर्नुपर्ने खाँचो रहेको आवश्यकता औल्याए   । “प्राविधिक शिक्षा अनिवार्य गरेर पाठ्यक्रम संरचना स्वीकृत भएको छ”, उनले भने, “सरकारले १४० विद्यालयमा प्राविधिक शिक्षा पढाउन अनुमति दिएको र आगामी दिनमा पनि अरू विद्यालयमा यस्ता स्वीकृति दिइने कार्यलाई निरन्तरता दिइनेछ ।” सरकारले २०६१ मा बनेको विज्ञान नीति संशोधनको तयारीसमेत गरेको मन्त्री पोखरेलले बताए  । 

मन्त्रालयका सचिव खगराज बरालले विज्ञान विषय लाई सहज बनाइनुपर्नेमा जोड दिदै “यसलाई गाह्रो विषय बनाएकाले नै धेरै विद्यार्थीले पढ्न नचाहेको बताए   । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved