त्रिभुवन विमानस्थलको रनवे चर्कियो, विमान आकाश मै होल्ड

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 06:14:03 PM मा प्रकाशित

laxmi  sunrise bank

धावनमार्ग (रनवे) मा सामान्य धाँजा परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरका लागि उडान अवतरण अवरुद्ध भएको छ । 

रनवे अवरुद्ध हुँदा अवतरणमा रहेका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान ५ः४० बजेदेखि आकाशमै ‘होल्ड’ भएका छन् । रनवे सामान्य चर्किएपछि मर्मतका लागि विमान केही समयका लागि होल्डमा बस्नुपरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए  । अबको केही समयपछि नै उडान अवतरण सामान्य हुने उनले उल्लेख गरे । 

खासगरी वर्षायाममा विमानस्थलको कोटेश्वरतर्फको रनवेमा पटक–पटक समस्या आउने गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved