मलेसियामा ‘विषाक्त’ रक्सिले ४ नेपालीसहित १५ को मृत्यु

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 18, 2018 | 08:46:55 PM मा प्रकाशित

laxmi  sunrise bank

मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । उक्त घटनामा ३३ जना विरामी परेका छन् । मृतकसहित विरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलाङ्गार राज्यको प्रहरी प्रमुख मजलान मानसोरले बताए  । 

सेलाङ्गर मलेसियाको राजधानी क्वालालम्पुरसँग जोडिएको राज्य हो । प्रहरीका अनुसार मृतक तथा विरामी सबैले सोमबार दुई थरीका ह्वीस्की र एक थरी वियरको सेवन गरेका बताइएको छ । मदीरा सेवन गरी मृत्यु भएका पहिलो व्यक्ति एउटा फ्याक्ट्रीमा काम गर्ने श्रमिक थिए भने मङ्गलबार पनि एक जनाको मृत्यु भएको मलेसियाको बेर्नामा न्यूज एजेन्सीले जनाएको छ । 

सोमबार मृत्यु हुने सात जनामध्ये एक मलेशियाली, चार नेपाली, एक भारतीय र एक जना बङ्गलादेशी नागरिक रहेका मजलानले बताउनुभयो । थप नागरिकको परिचय नखुलाइकनै प्राय विदेशी नागरिक रहेको उनले बताए । 

प्रहरी प्रमुखद्वारा हस्ताक्षर गरिएको एक वक्तव्यमा भनिएको छ, “मृत्युको कारण अझै आधिकारिक रूपमा पुष्टि भइसकेको छैन । तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा सबैजनाले मदीरा सेवन गरेपछि अस्पताल भर्ना गरेको पाइएको छ ।” स्थानीय सञ्चारमाध्यमले प्रहरीले घटनास्थलबाट विभिन्न ब्रान्डका मदीराका खोलहरू लगेको छ । उनीहरूले मदीरा किनेको भनिएको पसलबाट पनि प्रहरीले केही नमूना लगेको बताइएको छ । 















Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved