'मूल्यवृद्धि फिर्ता नभए दशैको लागि टिकट बुकिङ खुला गर्दैनौ'

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 07:51:55 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो । 

“चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ”, विज्ञप्तिमा भनिएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved