मलेसियामा ‘विषाक्त’ रक्सिले मृत्यु हुनेको संख्या ६ पुग्यो (नामावलीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 10:46:21 AM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए । 

सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उनले बताए   । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । 

त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिए । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ । मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए  । 

मृत्यु हुनेमा बसेरी-३ धादिंगका मिम बहादुर घले, मसिना -६ रुपन्देहीका राम कुमार यादव, अमरगढी ५ डडेलधुराका बिशाल बुढाथोकी, पश्चिमकुसाहा ९ सुनसरीका सजंय उराव, सिद्धिथुम्का ९ इलामका बल बहादुर कुलुंग र आइत सिंह गोले रहेका छन् । 

अस्पतालमा उपचाररत बिरामीहरुका अनुसार उनीहरुले कालाङ उपत्यकाका विभिन्न पसलबाट म्याण्डले र ग्राण्ड रोयल ह्वीस्की तथा किंगफिसर बियर सेवन गरेका थिए। अस्पतालमा उपचाररत बिरामीहरुमा वान्ता आउने र स्वास फेर्न गाह्रो हुने समस्या देखिएको छ । सबैजसो बिरामीलाई एउटै लक्षण देखिएको र उनीहरु सबैले यी तीनमध्ये कुनै एक मदिरा सेवन गरेको पाइएको छ।

यस घटनालाई समेटेर मलेसियास्थित नेपाली दूतावासले प्रेस विज्ञप्ति जारी गर्ने तयारी गरेको मलेसियास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार खरेलले जानकारी दिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। 





Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved