विषाक्त रक्सिले ज्यान गुमाउने नेपालीको संख्या ६ पुग्यो, १६ जनाको उपचार हुँदै (नामावलीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 19, 2018 | 12:09:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ। मलेशियाको सेलांगोर (Selangor) राज्यका विभिन्न स्थानहरुमा विषाक्त मदिरा सेवनपछि विरामी परी उपचारको लागि अस्पताल जानेक्रममा वा उपचाररत रहँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको मलेसिया स्थित नेपाली राजदूतावासले जनाएको छ। 

दुतावासका अनुसार अस्पताल भर्ना भएका मध्ये १६ जना नेपाली रहेको पुष्टि भएको छ। मंगलबार बेलुकी ६ बजेपछी यो घटना बाहिरीएपछी सेलांगोर राज्यको प्रहरी मुख्यालयमा सम्पर्क राखी घटनाहरुको बारे जानकारी लिएको र रातिनै दूतावासका कार्यावाहक राजदूत कुमारराज खरेलले  तथा अन्य पदाधिकारीहरुले अत्याधिक नेपालीहरु भर्ना भएका कजांग (Kajang) र सुंगाईबुलो (सुङल Buloh) अस्पतालहरुको स्थलगत भ्रमण गरी मृतक तथा उपचाररत नेपालीहरुको स्थिति बुझ्ने काम भएको दुतावासले जनाएको छ। 

पोष्टमार्टम तथा अन्य आवश्यक अनुसन्धान प्रक्रिया सकिनासाथ मृतकका शवहरु सम्बन्धित रोजगारदाताहरुको सहयोगमा नेपाल पठाउन दूतावासबाट आवश्यक पहल भैरहेको जनाइएको छ।

घटनाहरुमा मृत्यु हुनेहरुको विस्तृत पोस्टमार्टम रिपोर्ट आउन बाँकीनै रहेको र विषाक्त मदिराको श्रोत तथा यसमा जिम्मेवारहरुको सम्वन्धमा मलेशियन प्रहरी तथा अधिकारीहरुले अनुसन्धान गरिरहेको हुँदा थप विस्तृत विवरण एवं सूचना सबन्धित निकायहरुबाट प्राप्त भएपछि सार्वजनिक गरिने दुतावासले जनाएको छ।

मलेशियामा नेपालीहरु निम्नस्तरको र असुरक्षित मदिरा अत्यधिक सेवनको कारणले मृत्यु हुने र मादक पदार्थ सेवनको कारण अन्य दुखःद घटनाहरु यस अघि पनि घट्ने गरेता पनि यति ठूलो संख्यामा हताहति भएको यो पहिलो पटक भएको दुतावासको भनाई छ। मलेशियाको हावापानी नेपाल भन्दा बिल्कुल फरक भएकाले चाडपर्व नजिकिदै गर्दा यस्ता घटना बढ्न सक्ने भन्दै त्यहाँ स्थित नेपालीहरुलाई आफ्नो स्वास्थ्यलाई ध्यान दिन दुतावासले आग्रह समेत गरेको छ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved