प्रतिनिधि सभाका विषयगत समितिको सभापति निर्वाचन तालिका सार्वजनिक

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 19, 2018 | 04:38:53 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसद्को सचिवालयले प्रतिनिधि सभा अन्तर्गत रहने १० विषयगत समितिको सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।संसद् सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार बिहीबार ११ बजेदेखि ५ बजेसम्म समितिमा सभापति हुन चाहने सांसदले एक जना प्रस्तावक र एक जना समर्थक रहेको उम्मेदवारी दर्ता गराउनु पर्नेछ । बिहीबार बेलुका उम्मेदवारको सुची प्रकाशन गरिने छ । 

यसरी भएका प्रस्ताव शुक्रबार ११ बजे बस्ने समितिको बैठकमा दर्ता क्रम अनुसार निर्णयार्थ प्रस्तुत गरिने छ । जुन उम्मेदवारको पक्षमा समितिको बैठकमा पहिलो बहुमत पुग्छ त्यसलाई नै बिजयी घोषणा गरिने छ । सभापतिमा एक मात्र उम्मेदवार प्रस्ताव दर्ता भए निर्बिरोध घोषणा गरिने ब्यबस्था छ । 

शुक्रबार निर्वाचन हुने प्रतिनिधिसभाका समितिहरु राज्य व्यवस्था तथा सुशासन, विकास तथा प्रविधि, शिक्षा तथा स्वास्थ्य, सार्वजनिक लेखा समिति, अर्थ समिति, अन्तर्रा्िष्ट्रय सम्बन्ध समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानून, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र  महिला तथा सामाजिक समिति छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved