दशैंको अग्रिम टिकट नखोल्ने व्यवसायीको निर्णय

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 20, 2018 | 07:23:19 PM मा प्रकाशित

laxmi  sunrise bank

बस व्यवसायीहरूले दशैंको अग्रिम टिकट नखोल्ने निर्णय गरेका छन् । यसअघि भोलि (शुक्रबार) देखि टिकट बुकिङ खोल्ने भनिएको थियो । तर सरकारले बढाएको पेट्रोलियम पदार्थको ंमूल्य फिर्ता नलिएसम्म अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । 

महासंघले सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै बुकिङ नखोल्ने निर्णय गरेको हो । आफूहरूले मूल्य वृद्धि फिर्ता लिनु पर्ने माग राख्दै ४८ घण्टे अल्टिमेटम दिएपनि सरकारले कुनै चासो नदिएकोले बाध्यकारी भएर यस्तो निर्णय गर्नुपरेको सिटौलाले बताए । सरकारले केही दिनअघि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved