राजधानीमा पेट्रोलियम पदार्थको अभाव, पम्पमा लामो लाइन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 20, 2018 | 10:51:35 PM मा प्रकाशित

laxmi  sunrise bank

राजधानी तथा आसपासका जिल्लामा पेट्रोलियम पदार्थको देखिएको छ ।  ट्याङ्कर चालकले आन्दोलनका नाममा पेट्रोलियम पदार्थ ढुवानी नगरेपछि  सेवाग्राही घन्टौसम्म पेट्रोलपम्पमा लाइन बस्न बाध्य भएका छन्  । 

चालकले बुधबारदेखि आन्दोलन शुरु गर्दै ढुवानी रोकेपछि केही पेट्रोलपम्प बन्द भएको र केहीले मात्रै पेट्रोलियम पदार्थ बिक्री गरेपछि पेट्रोलपम्पमा सवारी साधनले घण्टौँ लाइन बस्नुपरेको हो । चालकले विभिन्न माग गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेपछि पेट्रोल पम्पलेसमेत भएको पेट्रोलियम पदार्थसमेत बिक्री नगरी सटर लगाएपछि अचानक अभाव चुलिएको हो ।

आज बिहानैदेखि खुलेका अधिकांश पेट्रोलपम्पमा सवारी साधन लाइन बसे पनि अपराह्नपछि भने केहि पम्प बन्द हुँदा सेवाग्राहीले थप सास्ती बेहोरेका हुन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved