म्याग्दी खोलाको पीपीए सम्झौता, ५ बर्षमा बिजुली उत्पादन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 21, 2018 | 09:53:27 AM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रो भिलेज प्रालिबीच ‘म्याग्दी खोला जलविद्युत् आयोजना’ (५७.३ मेगावाट) को विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । सम्झौता अनुसार आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा ८ रुपैयाँ ४० पैसा र बर्षातमा ४ रुपैयाँ ८० पैसाका दरले खरिद गर्नेछ।

सम्झौतामा आयोजनाको प्रवर्द्धक कम्पनी हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापा र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेका हुन्। आयोजनाले उत्पादन गरेको बिजुली कालीगण्डकी करिडोरको डाँडाखेत सवस्टेसनस्थित १३२ केभी प्रसारण लाइनमा जोडिनेछ। प्रसारण लाइन प्राधिकरणले नै बनाउने प्रक्रिया अगाडि बढाएकाले आयोजना बनिसक्दा प्रसारण लाइन पनि बनिसक्ने सम्झौतामा उल्लेख छ।

आयोजनाको लागत १० अर्ब अनुमान गरिएको छ । ३३ करोड ५९  लाख युनिट बिजुली उत्पादन गर्ने छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved