अरिंगाल भन्दा उधुम भो, अब कर्मी मौरीजस्तो मिलेर काम गर्नुपर्छ: प्रधानमन्त्री

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 22, 2018 | 07:51:38 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिक्रियाबादीविरुद्ध अरिंगालजस्तो गरी हमला गर्न निर्देशन दिएर आलोचना खपेका प्रधानमन्त्री केपी शर्मा ओलीले मौरी जस्तो एकजुट भएर देशको हितको लागि काम गर्न नेता/कार्यकर्तालाई आग्रह गरेका छन्।

प्रधानमन्त्री ओलीले सबैले आ आफ्नो स्वार्थ त्यागेर देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न आग्रह गरे। देशका स्वार्थकै लागि काम गर्न माओवादीसँग मिलेर चुनाव लडेको र पार्टी एकता गरेको उनले बताए।   

‘हामी एकतावद्ध हुनुपर्छ भनेको तर्सिएर, झस्किएर उधुम नै भइहाल्यो’, शनिबार पार्टी मुख्यालयमा चौंथो साहना प्रधान स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘आज मौरी भन्छु, कर्मी मौरीजस्तो एकजुटताका साथ अघि बढ्ने हो।’

मौरीको मह अरुले खोसेर खाइदिने गरे पनि आफूहरूले आर्जन गरेको मह बाँडेर खाने उनले बताए। ‘बाँड्न सकिने गरी देशमा मह जम्मा गर्ने काममा हामी लाग्नुपर्छ’, उनले भने, ‘सहज ढंगले देश बनाऔं, सरकार प्रतिपक्षसँग मिलेर काम गर्न तयार छ।’

तर प्रतिपक्ष कुखुराको चल्लाले सानो किरा फट्यांग्रा भेटे जसरी कुरै नबुझी किरा भेटेको चल्लाको पछि लागेको प्रधानमन्त्रीले आरोप लगाए। प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको दावी गरे ।

‘वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन, फेरी पनि वामपन्थी सुझाव मानेको पञ्चायत यती लामो समय रहने थिएन’, उनले भने। यस्तै उनले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याएकोले अब आर्थिक विकासका लागि आफूहरु अघि बढेको पनि बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved