अब कृषि व्यवसायीले पनि यसरि पाउँछन बिना धितो ५ करोडसम्मको ऋण (कार्यविधिसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 23, 2018 | 05:22:44 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कृषि व्यवसायीलाई ५ करोडसम्म बिना धितो ऋण दिने भएको छ । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार गरेपछि आज (भदौ ७) देखि नै यो व्यवस्था लागू भएको हो । 

मन्त्रालयले आज सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार परियोजना बुझाएर ऋण लिन सक्नेछन् । आफुले गर्न चाहेको व्यवसायको रुपरेखा तयार गरी बुझाउनुपर्छ । 

परियोजना बुझाएपछि त्यसैको आधारमा बैंकले ऋण दिनेछ । आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ। यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ तर आधारदर भन्दा २ प्रतिशत बढी मात्र ब्याज लिन पाइनेछ । यस्तो कर्जाको अवधि ५ वर्षको हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved