बढ्यो भाडादर, काठमाडौँमा कहाँ जान अब कति भाडा लाग्छ ? (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 08:12:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाएको छ । बढेको इन्धनको भाऊ अनुसार नै भाडा वृद्धि हुनुपर्ने माग राख्दै आएका यातायात व्यवसायीसंगको सहमति अनुसार आइतबार यातायात ब्यबस्था बिभागले भाडा बढाएको हो  ।  

ईन्धनको अंश ३५% र अन्य सूचकहरुको अंश ६५% मानी भाडादर कायम गरिएको बिभागले जनाएको छ  ।  नयाँ भाडा दर असोज ७ गते आइतबार लागु हुने छ । हाल भाडादर समायोजन गर्दा डिजेलको प्रतिलिटर मूल्य रु. १०१ र पेट्रोलको प्रतिलिटर मूल्य रु. ११४ को आधारमा गरिएकोले यस पछिको भाडा समायोजन ईन्धनको मूल्यमा रु.५।०० (पाँच) भन्दा बढीले घटबढ भए पश्चात् गरिने बिभागले स्पस्ट पारेको छ ।

काठमाडौं उपत्यका तथा स्थानीय रुटमा निम्न बमोजिम भाडादर कायम भएको छ । 

 

० देखि४ कि।मि। मा १४ रुपैयाँ 

० देखि ५कि।मि।  मा १६ रुपैयाँ

० देखि ६कि।मि। मा   १७ रुपैयाँ

० देखि ८ कि।मि। मा   १८ रुपैयाँ

० देखि १० कि।मि। मा  २१ रुपैयाँ

० देखि १३ कि।मि। मा   २३ रुपैयाँ

० देखि १६ कि।मि। मा  २५ रुपैयाँ

० देखि १९ कि।मि। मा  २६ रुपैयाँ

० देखि १९ कि।मि। मा  २७ रुपैयाँ


तोकिएको भन्दा बढी लिएमा यातायात व्यवस्था विभागको फ्याक्स नं. ४४७४९२२, टेलिफोन नम्बर ४४७९६९० र [email protected] वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ मा सम्पर्क गरी वा एसएमएस पठाई फ्याक्स नम्बर ११००, email: [email protected]  वा नजिकको जिल्ला प्रशासन कार्यालय वा ट्राफिक प्रहरी वा प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०१ र १०३ वा यातायात व्यवस्था कार्यालयमा जानकारी गराउनुहुन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved