भाडा बढेपछि देशभर कहाँ पुग्न कति लाग्छ ? सुचीसहित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 08:24:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाएको छ । बढेको इन्धनको भाऊ अनुसार नै भाडा वृद्धि हुनुपर्ने माग राख्दै आएका यातायात व्यवसायीसंगको सहमति अनुसार आइतबार यातायात ब्यबस्था बिभागले भाडा बढाएको हो  ।  

ईन्धनको अंश ३५% र अन्य सूचकहरुको अंश ६५% मानी भाडादर कायम गरिएको बिभागले जनाएको छ  ।  नयाँ भाडा दर असोज ७ गते आइतबार लागु हुने छ । हाल भाडादर समायोजन गर्दा डिजेलको प्रतिलिटर मूल्य रु. १०१ र पेट्रोलको प्रतिलिटर मूल्य रु. ११४ को आधारमा गरिएकोले यस पछिको भाडा समायोजन ईन्धनको मूल्यमा रु.५।०० (पाँच) भन्दा बढीले घटबढ भए पश्चात् गरिने बिभागले स्पस्ट पारेको छ ।

तोकिएको भन्दा बढी लिएमा यातायात व्यवस्था विभागको फ्याक्स नं. ४४७४९२२, टेलिफोन नम्बर ४४७९६९० र [email protected]वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ मा सम्पर्क गरी वा एसएमएस पठाई फ्याक्स नम्बर ११००, email: [email protected]  वा नजिकको जिल्ला प्रशासन कार्यालय वा ट्राफिक प्रहरी वा प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०१ र १०३ वा यातायात व्यवस्था कार्यालयमा जानकारी गराउनुहुन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । 

डिलक्स सुविधा लिएका जुनसुकै प्रकारका यात्रुवाहक सवारी साधन (ब्लु बुकमा यातायात व्यवस्था विभाग अन्तर्गत VFTC, टेकुबाट डिलक्सको सुविधा लिएको प्रमाणित भएको) ले तोकिएको भाडादरमा  २०% रकम थप गरी लिन सक्ने बिभागले जनाएको छ । 

कहाँ जान कति भाडा हेर्नुस सुची :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved