ट्याक्सीको पनि भाडादर बढ्यो, कहाँ पुग्न अब कति लाग्छ (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 08:37:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाएको छ । बढेको इन्धनको भाऊ अनुसार नै भाडा वृद्धि हुनुपर्ने माग राख्दै आएका यातायात व्यवसायीसंगको सहमति अनुसार आइतबार यातायात ब्यबस्था बिभ्गाले भाडा बढाएको हो  ।  

सरकारले सार्बजनिक बस र माइक्रोहरुसंगै ट्याक्सीको पनि भाडा बढाएको हो ।  मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीका सम्बन्धमा

१) मिटर जडित सार्वजनिक भाडाका ट्याक्सीको साविकको भाडादर प्रति कि.मी. रु. ३५।०० कायम रहेकोमा हाल समायोजन गर्दा प्रत कि.मी. रु. ३९।०० कायम भएको छ ।

२) फ्लयाक डाउन साविकको रु. १४।०० लाई यथावत राखिएको छ ।

३) प्रति २०० मिटरमा साविकको रु. ७।०० लाई हाल रु. ७।८० कायम गरिएको छ ।

४. त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट संचालन हुने पर्यटक ट्याक्सीको हकमा काठमाडौं उपत्यका भित्र शहरी क्षेत्रका लागि देहाय बमोजिम कायम भएको ।

(क) ० देखि ५ कि.मी. सम्म साविकको रु. ४८१।०० मासमायोजन गर्दा रु. ५२९।१० कायम भएको छ ।

(ख) ५ कि.मी. पछि प्रति कि.मी. माथिका रुटहरुमा रु. ६८।०० का दरले लिन पाउनेमा १०% ले बढाई समायोजन गर्दा रु. ७४।८० लिन पाउने र अधिकतम साविकको रु. १०५२।०० मा १०% बढाई रु. ११५७।२० कायम गरिएको छ । 

ईन्धनको अंश ३५% र अन्य सूचकहरुको अंश ६५% मानी भाडादर कायम गरिएको बिभागले जनाएको छ  ।  नयाँ भाडा दर असोज ७ गते आइतबार लागु हुने छ । हाल भाडादर समायोजन गर्दा डिजेलको प्रतिलिटर मूल्य रु. १०१ र पेट्रोलको प्रतिलिटर मूल्य रु. ११४ को आधारमा गरिएकोले यस पछिको भाडा समायोजन ईन्धनको मूल्यमा रु.५।०० (पाँच) भन्दा बढीले घटबढ भए पश्चात् गरिने बिभागले स्पस्ट पारेको छ ।

तोकिएको भन्दा बढी लिएमा यातायात व्यवस्था विभागको फ्याक्स नं. ४४७४९२२, टेलिफोन नम्बर ४४७९६९० र [email protected]वा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको हेलो सरकार कक्षको टोल फ्रि नम्बर ११११ मा सम्पर्क गरी वा एसएमएस पठाई फ्याक्स नम्बर ११००, email: [email protected]  वा नजिकको जिल्ला प्रशासन कार्यालय वा ट्राफिक प्रहरी वा प्रहरी कार्यालयको टोल फ्रि नम्बर १०१ र १०३ वा यातायात व्यवस्था कार्यालयमा जानकारी गराउनुहुन यातायात व्यवस्था विभागले अनुरोध गरेको छ । 

यो पनि : 

बढ्यो भाडादर, काठमाडौँमा कहाँ जान अब कति भाडा लाग्छ ? (सुचीसहित)


भाडा बढेपछि देशभर कहाँ पुग्न कति लाग्छ ? सुचीसहित

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved