मलेशियाको रोजगारी खुलाउन क्वालालम्पुरमा वार्ता हुदै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 08:58:15 AM मा प्रकाशित

laxmi  sunrise bank

गत जेठदेखि रोकिएको मलेशियाको रोजगारी खुलाउन नेपाल र मलेशियाबीच मलेशियामा वार्ता हुने भएको छ । वार्ताको लागि नेपाली टोली क्वालालम्पुर जाने भएको हो । क्वालालम्पुरमा दुवैपक्षबिच असोज १२ र १३ गते वार्ता हुनेछ  ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रकाश दाहालका अनुसार वार्ताको लागि नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने छ । वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवालीको संयोजकत्वमा वार्ता टोली मलेसिया जान लागेको हो। टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र मलेसियास्थित राजदूतावासबाट दुई जना कर्मचारी सहभागी हुनेछन्।

मलेसिया रोजगार खुलाउन नेपाली वार्ता टोली बुधबार मलेसिया जानेछ। मलेसिया रोजगारीका नाममा विभिन्न अवैधानिक संस्थाले कामदारबाट मोटो रकम असुल्न थालेपछि सरकारले विगत तीन महिनादेखि मलेसियामा कामदार पठाउन प्रतिबन्ध लगाएको छ।

मन्त्रालयका वैदेशिक रोजगार महाशाखा प्रमुख कृष्ण ज्ञवालीको संयोजकत्वमा वार्ता टोली मलेसिया जान लागेको हो। टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव, कानुन मन्त्रालयका सहसचिव र मलेसियास्थित राजदूतावासबाट दुई जना कर्मचारी सहभागी हुनेछन्।

टोलीले छलफल गरेपछि मलेसियाका श्रम मन्त्री नेपाल आएर नेपालका श्रममन्त्रीसँग सम्झौतामा हस्ताक्षर गरेपछि रोजगारी खुला हुनेछ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved