महिलालाई उद्यमशील बनाउन १५ लाख रुपैयाँसम्म ऋण (कार्यविधिसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2018 | 10:38:31 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले महिलाहरुलाई उद्यमशील बनाउन महिला उद्यमशीलता कर्जा (ऋण) दिने भएको छ । सरकारले १५ लाख रुपैयाँसम्म ऋण दिने भएको हो । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार गरेपछि हिजो आइतबारदेखी नै यो व्यवस्था लागू भएको हो । 

मन्त्रालयले सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार यस्तो कर्जा एकल तथा सामूहिक जमानीमा उपलब्ध हुनेछ । सामूहिक जमानीमा लिईएको कर्जामा समूहको एक सदस्य उक्त समूहमा बस्न नसक्ने अवस्था आएमा उसले समूह छोड्नु अगावै आफूलाई भागमा परेको ऋण चुक्ता गर्नुपर्नेछ । 

आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ । यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ तर आधारदर भन्दा २ प्रतिशत बढी मात्र ब्याज लिन पाइनेछ । यस्तो कर्जाको अवधि ५ वर्षको हुने छ ।


यसअघि :

विदेशबाट फर्किएकालाई १० लाखसम्म सस्तो ब्याजदरमा ऋण, यसरी पाइन्छ ऋण (कार्यविधिसहित)
अब कृषि व्यवसायीले पनि यसरि पाउँछन बिना धितो ५ करोडसम्मको ऋण (कार्यविधिसहित)



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved