भूकम्प पीडितलाई सहुलियत ब्याजदरमा ३ लाख ऋण (कार्यविधिसहित)

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2018 | 11:17:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले भूकम्प पीडितलाई ३ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । सरकारी अनुदान बाहेक अन्य कुनै पनि संस्थाको सहयोग नपाएकाहरुलाई सरकारले ऋण दिने भएको हो । अर्थ मन्त्रालयले ऋणमा दिइने ब्याज अनुदानसम्बन्धी कार्यविधि तयार गरेपछि हिजो आइतबारदेखी नै यो व्यवस्था लागू भएको हो । 

मन्त्रालयले सूचना प्रकाशित गरी राष्ट्र बैंकबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामा ऋणको लागि आवेदन दिनसक्ने जानकारी गराएको छ । मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार यस्तो ऋण पुननिर्माण प्राधिकरणसँग नीजी घर बनाउने सम्झौता गरी पैसा नभएर घर बनाउन नपाएकाले मात्रै पाउनेछन् । यस्तो ऋण बाढी पिडीत र अन्य विपद्बाट पिडीत भएकाले पनि पाउनेछन् । यस्तो ऋण प्राधिकरणले घर बनाईसक्नुपर्ने मिति तोकेभन्दा पहिले नै लिनुपर्नेछ । भूकम्प पीडितको हकमा भने पीडीतले अनुदानमा घर बनाउने म्याद सकिएपछि यो कर्जा पाइनेछैन । 

आवेदन दिएपछि बैंक तथा वित्तीय संस्थाले २१ दिनभित्र ऋण दिनेछन् । यदि दिन नमिल्ने अवस्था भए कारणसहित आवेदकलाई जानकारी दिनु पर्छ । यसरी लिएको ऋणको ब्याज सम्बन्धित बैंक तथा वित्तीय संस्थाले तोकेको हुनेछ तर आधारदर भन्दा २ प्रतिशत बढी मात्र ब्याज लिन पाइनेछ । यस्तो कर्जाको अवधि ५ वर्षको हुने छ ।

यसअघि :

विदेशबाट फर्किएकालाई १० लाखसम्म सस्तो ब्याजदरमा ऋण, यसरी पाइन्छ ऋण (कार्यविधिसहित)
अब कृषि व्यवसायीले पनि यसरि पाउँछन बिना धितो ५ करोडसम्मको ऋण (कार्यविधिसहित)
दलित समुदायलाई उद्यमी बनाउन सरकारले दिने १० लाख ऋण कसरी पाईन्छ ? (कार्यविधिसहित)
महिलालाई उद्यमशील बनाउन १५ लाख रुपैयाँसम्म ऋण (कार्यविधिसहित)


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved