जलविद्युत कम्पनीमा अलग्गै नियामकको माग, सेयर लगानीकर्ताका ९ बुँदा उर्जा मन्त्रालयमा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 01:10:00 PM मा प्रकाशित

laxmi  sunrise bank

हाइड्रोपावर कम्पनीहरुलाई नियमन गर्नको लागि छुट्टै नियामकको माग गर्दै विभिन्न शेयर लगानीकर्ता सघका पदाधिकारीहरुले उर्जा मन्त्री बर्षमान पुनसंग छलफल गरेका छन्  । आइतबार नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ, नेपाल पूँजीबजार लगानीकर्ता संघ, नेपाल पूँजीबजार संघ र लगानीकर्ता हित मञ्चका पदाधिकारीहरुले संयुक्त रुपमा छलफल गरी नियामकको ब्यबस्था गर्न माग गरेका हुन् ।  

छलफलमा लगानीकर्ता संघका पदाधिकारीहरुले हाइड्रोपावर कम्पनीहरुमा नियामक नहुँदा बेथिति बढेको र त्यसले शेयर बजार तथा लगानीकर्तालाई पनि असर गरेकोले तत्काल नियामकको माग गरेका हुन् । उनीहरुले हाइड्रोमा देखिएका बेथिति हटाउन ९ बुँदे माग समेत पेश गरेका थिए ।

हाइड्रोपावर कम्पनी सरकारको स्वामित्वमा गएपछि लगानीकर्ताको शेयरको बारे स्पष्ट ब्यबस्था नभएकोले त्यसलाई पनि कानुनी रुपमा स्पष्ट पार्न छलफल भएको सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुल्लेलले बिजपाटीसंगको कुराकानीमा  बताए।

छलफलमा मन्त्री पुनले हाइड्रोको नियमनको लागि तत्काल नियामक गठन गर्न पहल गर्न आश्वासन दिएको उपाध्यक्ष फुल्लेलले जानकारी दिए ।छलफलमा नेपाल इन्भेष्टर्स फोरमको तर्फबाट अम्बिका पौडेल र छोटेलाल रौनियार, नेपाल पूँजीबजार लगानीकर्ता संघबाट राधा पोखरेल र राजु पौडेल, सेयर लगानीकर्ता संघबाट उत्तम अर्याल र तारा फुल्लेल, नेपाल पूँजीबजार संघबाट नवराज सुवेदी र नयन बास्तोला तथा लगानीकर्ता हित मञ्चबाट कमल भारती लगायत उपस्थित थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved