दशैँका लागी अग्रिम टिक बुकिङ भोलीदेखी

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 24, 2018 | 04:01:17 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैँको लागी काठमाडौँ बाहिर जाने यात्रुहरुको लागी भोलीदेखी टिकट बुकिङ सहज हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेपछि बुकिङ सहज हुने भएको हो । 

यसअघि कम्पनीमा दर्ता भएका गाडीहरुले बुकिङ थालिसकेका छन् । कम्पनीमा जान बाँकी अर्थात् समितिबाटै सञ्चालित गाडीहरुले भोलीदेखी बुकिङ लिने भएका हुन् । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै व्यवसायीले विरोध गरेपछि असोज ५ गतेबाट खुल्ला गर्ने भनिएको बुकिङ हुन सकेको थिएन । तर सरकारले सार्वजनिक यातायातको भाडा १० प्रतिशतले बढाएपछि व्यवसायीहरु अग्रिम टिकट बुकिङ गर्न राजी भएका हुन् । 

महासंघको सोमबार बसेको कार्यसम्पादन सचिवालयको बैठकले हाल सञ्चालनमा रहेका गाडीबाटै यात्रुलाई ओसार्ने गरी अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको महासचिव सरोज सिटौलाले जानकारी दिए । 

यसअघि :
बढ्यो भाडादर, काठमाडौँमा कहाँ जान अब कति भाडा लाग्छ ? (सुचीसहित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved