कस्ता देशले गर्छन बढी प्रगति ? यसो भन्छ २५ बर्षको अनुसन्धान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 02:29:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न देश र त्यहाँको मानव श्रोत पूँजीबारेको एउटा विस्तृत सर्वेक्षणले मानव स्वास्थ्य र शिक्षामा लगानी नगर्ने देशमा आर्थिक वृद्धि रोकिने गरेको निष्कर्ष सार्वजनिक गरेको छ। २५ वर्ष लामो समय लगाएर पहिलोपटक गरिएको अध्ययनको प्रतिवेदन ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित छ। फिनल्यान्डले मानव पूँजीमा लगानी गरेकोले उसले सबैभन्दा धेरै आर्थिक उन्नति गरेको प्रतिवेदनमा उल्लेख छ।

 बीबीसी सम्वाददाता निकोलस रोसा भन्छन् गत २५ वर्षको अध्ययनले देशका नीति निर्माताहरूलाई आफ्ना जनतामा लगानी गर्नु पर्ने आवश्यकता औंल्याएको छ। "नत्र भने तिनको अर्थतन्त्रले त्यसको मूल्य चुकाउनु पर्ने देखिएको छ।"

"विश्वभरका १९५ देशलाई समावेश गरी भएको अध्ययनमा सन् १९९० मा छैटौँ स्थानमा रहेको संयुक्त राज्य अमेरिका सन् २०१६ मा आइपुग्दा २७ औँ स्थानमा रह्यो। त्यसको मूल कारण भनेको उसले शैक्षिक उपलब्धिमा गरेको थोरै प्रगति भएको जनाइएको छ। जबकि चीन तथा एसियाली देशहरूले मानव पूँजी तथा अर्थतन्त्रमा निकै प्रगति गरेको पाइएको छ।"

सर्वेक्षणमा संलग्नमध्येका एक वासिङटन विश्वविद्यालयका क्रिष्टफर मरेले विश्वको अर्थतन्त्र डिजिटल प्रविधिमा निर्भर हुँदै जाँदा मानव पूँजीको महत्त्व अझ बढ्दै जाने बताए। विश्व बैंकका प्रमुख जिम योङ किमले यस किसिमका अध्ययनले कस्ता क्षेत्रमा लगानी गर्दा उपयुक्त हुन्छ भनेर सरकारहरूलाई सिकाउने बताएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved