प्रकाण्डलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 08:13:33 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थुनामुक्त गर्न आज आदेश जारी गरेको छ । 

न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले विश्वकर्मालाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी गरेको हो । आदेशमा विश्वकर्मालाई गैरकानूनी रुपमा थुनामा राखिएको देखिएको र पटक पटक थुनामुक्त गर्ने आदेश गर्दा पनि राज्यका निकाय गम्भीर नभएको उल्लेख छ । अदालतले विश्वकर्मालाई थुनामुक्त गर्न आदेश दिएको यो पाँचौँ पटक हो । अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै विश्वकर्मा पुनः पक्राउ पर्दै आएका थिए । 

विश्वकर्मालाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन, २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो । विश्वकर्मालाई आज पुनः थुनामुक्त गर्न आदेश दिइएको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved