विश्व आर्थिक स्वतन्त्रता सूचकांकमा नेपाल चीनभन्दा अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 10:37:53 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विश्व आर्थिक स्वतन्त्रता सूचकांकमा चीनभन्दा अगाडी पुगेको छ। नेपाल गत बर्षको भन्दा ५ स्थान माथि उक्लदै  १०२औं स्थानमा आइपुगेको हो। चीन भने १०८औं स्थानमा छ 

 सम्वृद्धि फाउण्डेसनले क्यानडाको फ्रासर इन्स्टिच्युटसँगको सहकार्यमा बिश्व आर्थिक स्वतन्त्रता रिपोर्ट २०१८ सार्बजनिक गरेको हो । संस्थाले संसारभरिका १६२ देशमा आर्थिक स्वतन्त्रताको अध्ययन गरेर प्रतिवेदन सार्बजनिक गरेको हो । नेपालले १० मा ६ दशमलव ५३ अंक प्राप्त गरेको छ । गत वर्ष नेपालको अंक ६ दशमलव ५० थियो । 

सरकारको आकार, न्याय व्यवस्था तथा सम्पति माथिको अधिकारको सुरक्षा, स्वस्थ मुद्रा माथिको पहुँच, अन्तर्राष्ट्रिय व्यापार गर्ने स्वतन्त्रता तथा कर्जा, श्रम र व्यवसायमा नियमनको व्यवस्थाको आधारमा प्रत्येक वर्ष आर्थिक स्वतन्त्रता सूची प्रकाशन हुँदै आएको छ ।  

आर्थिक स्वतन्त्रता सूचकांकको पहिलो र दोस्रो नम्बरमा क्रमशः हङकङ र सिंगापुर छन् । त्यस्तै तेस्रोदेखि ९ औसम्म क्रमश न्यूजिल्याण्ड, आयरल्याण्ड, स्वीट्जरल्याण्ड, अमेरिका, जर्जिया, मौरिसस् र बेलायत रहेका छन्  । अस्ट्रेलिया र  क्यानडा संयुक्त रुपमा दशौं नम्बरमा  छन् । नेपालको छिमेकि मुलुक भारत ९६औं स्थानमा छ ।

आर्थिक स्वतन्त्रता बढी भएका देशमा समृद्धि, राजनीतिक र नागरिक स्वतन्त्रता एवं उच्च औसत आयु बढी भएको अध्ययनले देखाएको छ । त्यस्तै ति देशहरुमा  समृद्धि, खुशी तथा स्वस्थ जीवनयापनको सम्भावना बढी हुने प्रतिवेदनमा उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved