‘यातायात व्यवसायीको बैंक खाता फुकुवा हुँदैन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 01:16:13 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठले यातायात व्यवसायीको बैंक खाता फुकुवा नगरिने स्पष्ट पारेका छन् । आज बसेको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले खारेज भइसकेका संस्थाको खाता फुकुवा गरिएको भन्ने हल्ला मात्रै भएको भन्दै कुनै हालतमा पनि फुकुवा नगर्ने चेतावनी दिए । उनीहरुको खातामा रहेको पैसा अब सरकारको भईसकेको बताउँदै उनले त्यो सरकारले के काममा खर्च गर्ने भन्ने विषयमा छलफल भईरहेको बताए । 

‘कुनै पनि हालतमा यातायात व्यवसायीको खाता खुल्ने छैन’ मन्त्री महासेठले भने, ‘संस्था खारेज भए पनि त्यो पैसा राष्ट्रको हुन्छ, त्यो पैसा यातायातको क्षेत्रमा खर्च गर्ने कि अन्य काममा खर्च गर्ने भन्ने छलफल भइरहेको छ ।’

पहिलेको नियममा नयाँ सवारी चलाउँदा मात्र कम्पनीमा दर्ता गर्नुपर्ने र चलिरहेका सवारीलाई पुरानै समिति अनुसार नै चलाउने व्यवस्था भएकोले सिन्डिकेट समयमा अन्त्य नभएको उनले बताए । नियममा सामान्य परिवर्तनको आवश्यकता रहेकोले मंसिर मसान्तसम्मको समय दिईएको प्रष्ट पारे । मंसिर मसान्तसम्ममा सिन्डिकेट पूर्णरुपमा अन्त्य हुने उनको विश्वास छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved