दसैंमा ६३ अर्बका नयाँ नोट, १२ गतेदेखि बजारमा आउने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2018 | 01:26:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्र बैंकले असोज १२ गतेदेखि दशैँको लागि नयाँ नोट बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले यस पटक ६३ अर्बको नयाँ नोट बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई नयाँ नोटहरु उपलब्ध गराउने छ । सर्वसाधारणले भने २१ गतेदेखि २९ गतेसम्म नोट साट्ने सक्ने छन्।

 राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकका नोट कोष रहेका देशभरका शाखाबाट नयाँ नोट साट्न सकिने बताएका छन् । 

सर्वसाधारणले थापाथली बैंकिङ कार्यालय, र उपत्यका बाहिर रहेका राष्ट्र बैंकका जिल्लास्थित सातवटा कार्यालयबाट पनि नयाँ नोट साट्ने सक्ने छन्। यसका साथै नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १७ वटा शाखा कार्यालयबाट समेत नयाँ नोट साटिने राष्ट्र बैंकले जनाएको छ ।

जस अन्सुअर राष्ट्रिय वाणिज्य बैंकका सिंहदरबार प्लाजाको केन्द्रीय कार्यालय, नयाँ बानेश्वर, टेकु, विशाल बजार, सानोठिमी र नक्साल शाखाबाट, नेपाल बैंकका न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर, भक्तपुर कार्यालय र कृषि विकास बैंकका रत्नपार्क, रामशाहपथ, गौशाला, कोटेश्वर, मंगलबजारलगायत शाखाबाट नयाँ नोट साट्ने सकिने छ। 

एक व्यक्तिले २७ हजारको मात्र नोट साट्न पाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved