‘यातायातको भाडा वृद्धिदर वैज्ञानिक’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 26, 2018 | 06:45:22 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायातको भाडादर बढाएको विषयमा आलोचना भईरहेका बेला सरकारले भने आफ्नो निर्णयको बचाउ गरेको छ । चाडको मुखैमा भाडादर बृद्धि गरेकोमा सर्वसाधारणले असन्तुष्टि जनाईरहेका बेला सरकारले भने समायोजन भएको नयाँ भाडादर वैज्ञानीक भएको दाबी गरेको छ । 

ईन्धनको मूल्यमा आधारित भएर भाडादर तोक्दै आएकोमा हाल भने चालकको पारिश्रमिक र गाडीको ईन्जिन लगाएतलाई अध्ययन गरेर भाडादर कायम गरेको मन्त्रालयले जनाएको छ । ०६५ सालदेखि वैज्ञानीक भाडादर तोक्दै आएको सरकारले हाल सोही अनुरुप समायोजन गरेको हो । इन्धनको मूल्य ५ रुपैयाँ भन्दा माथि बृद्धि भएमा भाडादर बढ्ने र ५ रुपैयाँभन्दा तल झरेमा भाडादर घटाउनुपर्ने प्रावधान रहेको छ । 

दशैं तिहारमा यात्रु बोकेर काठमाडौं बाहिरीने साधनहरु फर्किदा रीत्तै फर्किनु पर्ने र व्यवसायी मारमा पर्ने भएकाले भाडादर बृद्धि गरेको मन्त्रालयको भनाई छ । 

तर प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिले भने दशैं तिहारमा यातायातलाई सहजीकरण गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको छ । टिकट विक्रि वितरणलाई पारदर्शी बनाउन, ब्ल्याकमा टिकट बिक्रि गर्ने व्यवसायीलाई कारबाही गर्न समितिले निर्देशन दिएको छ । चाडपर्वको मौका छोपि क्षमताभन्दा बढी यात्रु राख्ने, गाडीको छतमा यात्रु चढाउने व्यवसायीलाई छड्के जाँच गरी कारबाही गर्न ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको छ । 

नागरीकको यात्रामा उपयुक्त भाडादर र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी यातायात सञ्चालन गर्न समितिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved