यी २२ स्थानबाट दशैँका लागि नयाँ नोट साट्न सकिने, १०० को एउटा बन्डल मात्रै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2018 | 06:53:17 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले असोज १२ गतेदेखि दशैँको लागि नयाँ नोट बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले यस पटक ६३ अर्बको नयाँ नोट बजारमा पठाउन लागेको हो । राष्ट्र बैंकले असोज १२ गतेदेखि १९ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई नयाँ नोटहरु उपलब्ध गराउने छ । सर्वसाधारणले भने २१ गतेदेखि २९ गतेसम्म नोट साट्ने सक्ने छन्।

 राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख लक्ष्मीप्रपन्न निरौलाले उपत्यका भित्रका २१ स्थानबाट नोट साट्न सकिने ब्यबस्था गरिएको बताएका छन् ।   जस अनुसार नेपाल बैंकको न्यूरोड, महाराजगन्ज, जोरपाटी, पाटन औधोगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट नयाँ नोट साट्न सकिने छ। त्यस्तै राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार प्लाजा , टेकु, नयाँ बानेश्वर, सानो थिमी, बिशालबजार, नक्साल, कलंकी तथा बालाजु शाखाबाट नयाँ नोट साट्न सकिने छ । कृषि विकास बैंकको गौशाला, कोटेश्वर, रामशाहपथ, रत्नपार्क, स्वयम्भु तथा मंगलबजार शाखाबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकको थापाथली कार्यालयबाट पनि नयाँ नोट सटही गर्न पाइनेछ। 

उपत्यकाबाहिर राष्ट्र बैंकका बिराटनगर, जनकपुर, विरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज तथा धनगढी शाखा कार्यालयबाट नोट सटही हुनेछ।

एक व्यक्तिले ५, १०, २० र ५० का दुई बण्डल तथा १ सयको १ बण्डल गरी २७ हजार रुपैयाँसम्म नोट सटही गर्न पाउने राष्ट्र बैंकले जनाएको छ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved