आर्थिक वृद्धि दर गत बर्षको भन्दा पनि कम हुने एडीबीको प्रक्षेपण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 08:30:30 AM मा प्रकाशित

laxmi  sunrise bank

एसियाली विकास बैंक (एडीबी) ले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । नेपाली अर्थतन्त्रका विषयमा एडीबीले बुधबार सार्वजनिक गरेको तथ्यांकमा चालू आर्थिक वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ। यो सरकारले बजेट मफ्रत घोषणा गरेको लक्ष्य भन्दा ३.५ प्रतिशत कम हो । सरकारले बजेटमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ 

साथै एडीबीले चालु आर्थिक बर्षको लागि प्रक्षेपण गरेको आर्थिक वृद्धि दर गत बर्षको भन्दा कम हो ।  गत वर्ष सरकारले ७.२ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य तय गरेकोमा एडीबीले गत वर्ष ५.९ प्रतिशत आर्थिक वृद्धि भएको बताएको छ ।  

निर्वाचनपछि नेपाल राजनीतिक स्थायित्वतिर गएको र समयमा भएको मनसुन र केही ठूला आयोजनाको काम सकिने हुँदा साढे ५ प्रतिशतको आर्थिक वृद्धिर हासिल हुने एडीबीले भनेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved