अदालतले छोडे लगत्तै अख्तियारको फन्दामा कम्पनी रजिस्ट्रारका २ हाकिम

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 12:25:31 PM मा प्रकाशित

laxmi  sunrise bank

मालिकलाई थाहै नदिई करिब ७० करोडको सम्पती पुर्वकर्मचारीको नाममा सारेको आरोपमा अख्तियारले कम्पनी रजिस्ट्रार कार्यालयका  उप-रजिष्टारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई प्रक्राउ गरेको छ । अख्तियारले फरार रहेका उनीहरुलाई बुधबार बबरमहलको फरेष्ट्री कम्पेलेक्स अगाडिको सार्वजनिक सडक किनारबाट नियन्त्रणमा लिएको हो ।  उनीहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य अगाडी बढाएको आयोगका सह-सचिव एवं प्रवक्ता रामेश्वर दंगालले बताएका छन् । 

यस अघि नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले उनीहरुलाई फरार रहदै  काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो  । अदालतले उनीहरु दुवैलाई ४ लाख ५० हजार धरौटीमा थुना मुक्त गरेको थियो । तर अदालतले रिहा आदेश गरे लगत्तै अख्तियारले उनीहरुलाई प्रक्राउ गरेको हो । 

शंकर इलेक्ट्रिक इण्डष्ट्रिज प्रालिका मालिकलाई थाहै नदिई त्यहि कम्पनीका पुर्वकर्मचारीको नाममा कम्पनीको सेयर नामसारी गरेको आरोपमा सीआईबिले अनुसन्धान थालेको थियो। 

वास्तविक मालिक भारतीय नागरिक राम निरंजन जटियाको नामको कम्पनी पुर्वकर्मचारी जित वहादुर मगरको नाममा 'किर्ते' गर्न रजिष्टारका कर्मचारीहरुले १२ लाख लिएको स्रोतको भनाई छ। दुई उपरजिष्टारको दबाबमा आइटी बिभागका दुई कर्मचारीलाई कम्पनीको अर्को आइडी 'कोड'  बनाउन लगाई किर्ते गरिएको रजिष्टार कार्यालयको एक कर्मचारीले बिजपाटीलाई बताए। 

यहि प्रकरणमा अहिले अख्तियारले अनुसन्धान सुरु गरेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved