रोकियो म्यानपावर कम्पनीको धरौटी बढाउने प्रस्ताव

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 27, 2018 | 07:46:18 PM मा प्रकाशित

laxmi  sunrise bank

संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को वर्षे अधिवेशन अन्त्य भएसंगै म्यानपावर कम्पनिको धरौटी रकम बृद्धिको प्रस्ताव पनि रोकिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रि गोकर्ण विष्टले म्यानपावर कम्पनीको धरौटी वृद्धिको प्रस्ताव गरेका थिए  ।  उनले वैदेशीक रोजगारीमा जाने कामदारहरु ठगीनबाट जोगाउन र कामदारलाई गन्तव्य मुलुक पठाएर समस्या पर्दा म्यानपावर कम्पनिले जीम्मेवारी वहन गर्न सक्ने गरी धरौटी रकम बृद्धि गराउने गरी ऐन संशोधन प्रक्रिया अगाडी बढाएका थिए ।  

धरौटि रकम ६ करोडसम्म पुर्याउने गरी ऐन संशोधन प्रक्रिया अगाडी बढेपछि म्यानपावर कम्पनीहरुले यसको बिरोध गर्दै आएका थिए  । तर संसदको अधिबेशन नै अन्त्य भएपछि यस सम्बन्धि बिधेयक संसदमा पेश हुने बाटो बन्द भएको छ  । यससंगै तत्कालको लागि  यो प्रक्रिया हिउँदे अधिवेशनसम्मको लागी रोकिएको छ ।

श्रम मन्त्री गोकर्ण विष्टको प्रस्तावमा ५ हजारभन्दा बढी कामदार विदेश पठाउने म्यानपावरको धरौटी नगद २ करोड र बैंक ग्यारेन्टी ४ करोड सहित ६ करोड र ५ हजार भन्दा कम कामदार पठाउने म्यानपावरको धरौटी नगद १ करोड र बैंक ग्यारेन्टी २ करोड गरि ३ करोड पुर्याउने गरि प्रक्रिया अगाडी बढेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved