घुस लिदै गर्दा बिद्युत प्राधिकरणका इलेक्ट्रिसियन अख्तियारको फन्दामा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 05:25:20 PM मा प्रकाशित

laxmi  sunrise bank

 २० हजार रुपैयाँ घुस लिदै गर्दा नेपाल विद्युत प्राधिकरणका इलेक्ट्रिसियन पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राधिकरणको काठमाडौं उत्तर वितरण केन्द्र बुढानीलकण्ठमा कार्यरत कृष्णप्रसाद शर्मालाई पक्राउ गरेको हो।

शर्माले घरमा नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस माग गरेका थिए । उनलाई बीस हजार घुस रकम लिइसकेको अवस्थामा चियापसलबाट पक्राउ गरिएको आयोगका उपसचिव एवं सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए । 

उनीमाथि अनुसन्धान भईरहेको आयोगले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved