निर्मला हत्या छानविन समितिका सदस्यमाथि आक्रमण

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 07:50:44 AM मा प्रकाशित

laxmi  sunrise bank

कञ्चनपुरकी निर्मला पन्त हत्या घटनाका छानबिन गर्न सरकारले गठन गरेको छानबिन समितिका सदस्य एवं उप सचिव वीरेन्द्र केसी चढेको जीपमा ढुङ्गा प्रहार गरेको छ । आइतबार धनगढी विमानस्थालवाट बजारतर्फ आउँदै गरेको केसी सवार बा१झ ९७०३ नं. को सरकारी जीपमा बन्दकर्ताले बोराडाँडी सडकखण्डमा दिउँसो ढुङ्गा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए  । 

केसी सुदूरपश्चिम प्रदेश, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा कार्यरत छन् । ढुङ्गा प्रहारबाट केसी सवार जीपको पछाडिको भागको सिसामा क्षति पुगेको छ । 

सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी रहने स्थानको विषयमा प्रदेशसभाले गलत निर्णय गरेको भन्दै विरोधमा दुई दिनदेखि स्थानीयवासीले धनगढीमा हड्ताल गरेका छन् । हड्तालका कारण यातायात, व्यापार व्यवसाय र शैक्षिक संस्था ठप्प रही जनजीवन प्रभावित बनेको छ । प्रहरीले बन्द गराउँदै हिँडेका मध्ये सात जनालाई आज नियन्त्रणमा लिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved