मुख्य मुख्य अश्लिल साइट मात्र रोक्ने प्राधिकरणको तयारी, १६ हजार बन्द

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 08:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले यौनजन्य सामग्रीहरुको प्रसारण गर्ने सबै वेबसाइट बन्द गर्न र गराउन सबै सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएपछि १६ हजारभन्दा बढी वेबसाइट १६ हजारभन्दा बढी वेबसाइट बन्द भएका छन्  ।  नेपाल दुर संचार प्राधिकरणले त्यस्ता सामग्रीहरुमा विद्युतीय सञ्चार तथा इन्टरनेटको माध्यमबाट हुने पहुँचमा रोक लगाउन तथा त्यस किसिमका वेवसाइटहरु वन्द गर्न सवै दूरसञ्चार सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक (NSP) तथा इन्टरनेट सेवा प्रदायक (ISP) हरुलाई निर्देशन जारी गरेको थियो।

प्राधिकरणका अध्यक्ष दिगम्बर झाले हालसम्म त्यस्ता १६ हजार वेबसाइट बन्द गरिएको र अझै बन्द हुने क्रममा रहेको बताए ।  उनका अन्सुअर त्यस्ता अश्लिल यौनजन्य सामग्री प्रकाशन प्रसारण गर्ने वेबसाइट एकलाख भन्दा बढी रहेको तर अहिले मुख्य मुख्यलाई मात्र बन्द गराएको बताए ।हाल प्राधिकरणले त्यस्ता वेबसाइटलाई नियन्त्रण गर्नको लागि एप्स निर्माण गरिरहेको र त्यसपछि पूर्ण रुपमा साइटलाई बन्देज लागौं सकिने उनले बताए  । 

यद्यपि  नेपाल टेलिकम र एनसेलबाट चल्ने नेटवर्कबाट ती साइटहरू बन्द नभएको पाईएको छ  ।  प्राधिकारणका अनुगमन विभागका निर्देशक विजय राईका अनुसार डिएनएस सफ्टवेयर जुन कम्पनीबाट लिएको छ त्यो कम्पनीसँग कुरा गरेर मात्र हटाउन मिल्ने भएकाले समय लागेको बताए  ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved